माथिल्लो त्रिशुली ३ बीमा नबिल बैंकको अगुवाईमा ५ अर्ब ७६ करोड लगानी




काठमाडौं । नविल बैंकको अगुवाईमा ३ वित्तीय संस्थाले माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।

लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७६ करोड लगानी गर्ने भएका हुन् ।

त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको सो आयोजनामा नविल बैंकको अगुवाइमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानी सम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा त्रिशुली जलविद्युत कम्पनी जलविद्युत कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नविलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आयोजनाको कूल लागत ८ अर्ब २२ करोड रहेको छ आयोजनामा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले स्वपूँजीको रुपमा २ अर्ब ४६ करोड लगानी गर्ने भएका छन् ।


क्लिकमान्डु