यी १० कम्पनी, जसले सोमबार घाटा ब्यहोरे



काठमाडौं । साताको दोस्रोदिन सोमबार सेयर बजार घटेको दिन हो । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२२ अंकले घट्यो । साताको पहिलो दिनबाट आइतबार बाट नै घट्न थालेको बजार दोस्रो दिनमा समेत बढेन । सेयर बजार आज ०.६९ प्रतिशतले घटेको हो ।

दोस्रो दिन सेयर बजारमा सबैभन्दा धेरै घाटा व्यहोर्ने लगानीकर्ता मध्ये सिन्धु विकास बैंकका लगानीकर्ता पर्छन् । सो विकास बैंकका लगानीकर्ताले ९.३७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

यस्तै, दोस्रोमा राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयरका लगानीकर्ताले ७.५१ प्रतिशतले घाटा व्यहोरेका छन् । तेस्रोमा हिमालयन पावर पार्टनरका लगानीकर्ताले ७.४० प्रतिशतले घाटा व्यहोरेका छन् । चौथोमा खानी खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ६.३० प्रतिशले घाटा व्यहोेका हुन् ।

पाँचौमा च्याङ्दी जलविद्युत कम्पनीका लगानीकर्ताले ५.५५ प्रतिशतले घाटा व्यहोरेका छन् । छैटौमा सपोर्ट माईक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.७४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

यसैगरी, सातौमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.८६ प्रतिशतले घाटा व्यहोरेका छन् । आठौमा कर्पोरेट डेभलेपमेण्ट बैंकका लगानीकर्ताले ३.७० प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) अनुसार नवौमा एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ३.५९ प्रतिशतले घाटा व्यहोरेका छन् । दशौमा, कालिका माइक्रो क्रेडीट डेभलपमेट बैकका लगानीकर्ताले भने ३.४८ प्रतिशतले घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ ।


क्लिकमान्डु