अमेरिकाको वासिङ्टन डिसीमा संगठित हुँदै एसियन समुदाय



वासिङटन डिसी । अमेरिकाको राजधानी वासिङटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र साँस्कृतिक एकीकरणको प्रयास सुरु भएको छ ।

एसियनहरुको सो साँस्कृतिक कार्यक्रम आयोजना गरिएको ग्लोबल इकोनोमिक फाउण्डेसनले जानकारी दिएको हो ।

एसियाका १६ भन्दा बढी राष्ट्रका समुदायबीच आप्रवासन, शिक्षा, संस्कति आदि विषयमा सहकार्य गर्न ग्लोबल इकोनोमिक फाउण्डेसन गठन भएको छ ।

संस्थाका अध्यक्ष इन्दिरा कुमारले भनिन्–साँस्कृतिक सहकार्यसँगै आप्रवासीका साझामा मुद्दामा अगाडि बढने छौ । एसियन आप्रवासीबीच कयौं साझा मुद्दा भएपनि संगठिन हुन नसक्दा अमेरिकी सपना पूरा गर्न कठिनाई भएकोले फाउण्डेसन गठन गरिएको उनले बताइन् ।

एसियाका पाँच राष्ट्र नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरियाको सस्कृति प्रस्तुत गरिएको उक्त कार्यक्रमलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले शुभकामना दिएका थिए ।

एसियन आप्रवासीको उत्थान र विकासका सर्मपित हुने संस्थाको अठोट सह्रानीय छ, यो नौलो प्रयास सार्थक बनोस्– कार्कीले भने । आफूले अमेरिकामा भएका विभिन्न कार्यक्रम मध्ये यो नौलो एवं नयाँ सोचको भएको बताए ।

कार्यक्रममा एसियाका नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, मंगोलिया, फिलिपिन्स लगायतका १६ राष्टको सहभागिता रहेको थियो ।


क्लिकमान्डु