दोहोरो अंकले घट्यो नेप्से, १४.०३ अंकले घट्दा ३२ करोड कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसूचक बढ्दा लगानीकर्ताहरु उत्साहित भएका थिए ।

तर, यो साताको पहिलो दिन परिसूचक १४.०३ अंकले घटेको हो । १.१६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९६.२९ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १६० कम्पनीले कारोबार गरेका छन् । १५ लाख ६४ हजार ६ सय ९२ कित्ता सेयर किनबेच हँुदा ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैंयाको कारोबार भएको छ ।

आज नेप्सेका सबै परिसूचक रातो भएका देखिएका छन् ।

बैंक ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत ११.३, वित्तीय ५.४८ निर्जीवन बीमा १०३.२६, उत्पादनमूलक समूह १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३, जीवन बीमा ६४.८६ अंकले घटेका छन् ।

खानीखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका गरेका छन् । यस्तै, नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ५.३७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु