फिजी र इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी



सिड्नी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ ।

अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ ।

फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो ।

भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका छन् । भूकम्पले सबैभन्दा बढी असर भिटी लाउ पहाडी क्षेत्रमा परेको छ ।

त्यसैगरी इन्डोनेसियाको लोम्बोक वरपर पुनः भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार बिहान ४ बजेतिर ६.३ रिक्टर स्केलको भूकम्प गएको हो ।

गत साताका भूकम्पबाट ठूलो क्षति व्यहोरेको लोम्बोक क्षेत्रमा पुनः आएको भूकम्पका कारण मानिसहरु त्रसित भएका थिए । रासस\एएफपी


क्लिकमान्डु