२ ब्रोकर कम्पनी निलम्बनमा, कारोबार गर्न रोक



काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियमित शुल्क तिर्न नसकेको भन्दै २ वटा सेक्यूरिटिजको कारोबार रोक्का गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार एबिसी सेक्यूरिटिज १७ र मार्केट सेक्यूरिटिज ५ को कारोबार नेपाल धितोपत्र बोर्डको निर्देशनमा रोक्का गरिएको हो ।

दुवै सेक्यूरिटिजले धितोपत्र बोर्डको ०.६ प्रतिशत नियमित शुल्क बुझाउन नसकेको कारण यसरी कारोबार नै रोक्का गरिएको जनाइएको छ ।


क्लिकमान्डु