एशियनलाइफ र एनआईबीएल एस क्यापिटलबीच हकप्रद सेयर निष्काशन संझौता



काठमाण्डौ । एशियनलाईफ इन्स्योरेन्स कम्पनी लि.को १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा ७५ करोड ४० लाख बराबरको हकप्रदशेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिशेयर १००\- दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुलचुक्तापूँजी २ अर्व १ करोड पुग्ने छ ।

पाँच अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्तापूँजी१ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । यस कम्पीको जीवन बीमाकोष १३ अर्ब १३ करोड रकूल लगानी १२ अर्ब २९ करोड ९६ लाख रहेको छ ।

कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु