आनद्वारा कृति अवार्डस् २०७५ का उत्कृष्ठ पाँच घोषणा



काठमाण्डौ । विज्ञापन व्यबसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौ कृति अवार्डस् २०७५ मा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागीता जनाएका छन ।

३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ठ ५ मा छनौटमा परेका छन् ।

होटेल शकंर आयोजित कार्यक्रममा उत्कृष्ट ५ को घोषणा गरियो । जस्मा उत्कृष्ठ पाँचमा मनोनयनमा परेका एजेन्सीहरुमा अभानी एडभरटाइजिङ–१७, एएनएस क्रिएसन–१२, प्रिज्मार्क–१३, आउटरिच नेपाल –११, ओएस्टर–९, भिचित्र–९, मेकबेज–८ बिधामा मनोनयनमा परेका छन् ।

त्यसैगरी बिजनेस एडभान्टेजर–७, कि एडरटाईजिङ–७, एड मिडिया –६, क्रियो कमुनिकेसन –४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२ , मार्स र प्रमोटर्स नेपाल–२÷२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन , एसपि,इको, टेक, अक्षय, बेलकम–१÷१ बिधामा मनोनयनमा परेका छन् ।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सिजि सिमेन्टस् रहेको छ । प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैक, हस्पिटल पार्टनर नेपाल मेडिसिटि अस्पताल, हस्पिटालीटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टी हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

दशौ कृति अवार्डस् २०७५ को मूल समारोह होटल सोल्टी क्राउन प्लाजामा भदौ ७ गते हँुदैछ ।


क्लिकमान्डु