भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन



ओडिसा, भारत । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।

अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उनको निधन भएको समाचारमा जनाइएको छ ।

उनलाई उच्च सतर्कता सहितको उपचारका लागि “लाईभ सपोर्ट सिष्टम” मा राखेर विषेश प्रकारले उपचार गराइएको थियो ।

पुर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाका बारेमा भारतभरी नै निकै चासो दिइएको छ भने नेताहरूले पनि भेटेर उनको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

ओडिसाका मुख्य मन्त्री नविन पटनायकले बाजपेयीसँगसँगै काम गरेका क्षणहरुको सम्झना आएर आफु भावुक भएको बताए ।

“मैले उहाँलाई सधैँ एउटा महान नेता मानेको छु । उहाँसँग काम गर्दा मैले कहिले पनि नराम्रो अनुभव महशुस गर्न पाइन,” पटनायकले भने ।

पटनायकको बीजु जनता दल सन् १९९८ देखि २००४ सम्म बाजपेयी नेतृत्वको राष्ट्रिय गठबन्धन सरकारको साझेदार थियो ।

भारतीय जनता पार्टी (विजेपी)का ९३ बर्षीय नेता गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, नेशनल कन्फरेन्स प्रमुख फारुख अब्दुल्लाह, आन्द्रा प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाएडु लगाएतका नेताले वाजपेयी रहेको अस्पताल पुगी आजै उनको स्वास्थ्यस्थितिथबारे जानकारी लिएका थिए ।


क्लिकमान्डु