०.६१ अंकले बढ्यो नेप्से, ४५ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.६१ अंकले बृद्धि भएको हो । ०.०५ प्रतिशतले बढ्दा नेप्से १२१०.३२ अंकमा पुगेको छ ।

निरन्तर ओरालो झर्दै आएको नेप्से परिसूचकमा हिजो बुधबार २८.७३ प्रतिशत बृद्धि भएपनि आज त्यसले निरन्तरता पाउन सकेन । तर कारोबार रकम भने बढेको छ ।

साताको अन्तिम दिन १६६ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ६१ हजार २ सय २७ कित्ता सेयर किनबेच हँुदा ४५ करोड ५२ लाख ४३ हजार ७ सय ८५ रुपैंयाको कारोबार भएको छ ।

आज बैंक समूह र उत्पादनमूलक समूह बढेका छन् र परिसूचकमा हरियाली देखिए भने अरु समूह राताम्मे नै भए । बैंक ४.१ र उत्पादनमूलक समूह ७७.३२ अंकले बढेका छन् ।

ट्रेडिङ समूह ३.७१, होटल २७.२५, विकास बैंक २.५३, जलविद्युत १६.७७, वित्तीय २.७५, निर्जीवन बीमा २०.७७, अन्य २.६४, माईक्रोफाइनान्स १३.७८ र जीबन बीमा २९.८७ अंकले घटेका छन् ।

बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले ८.१० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, ललितपुर फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.५८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु