१० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिणत गर्दा नेपाल लाइफको सेयर घट्यो



काठमाडौं । १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा लैजाने भनेसंगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेको छ ।

(२०७४) साल भदौ १ गते प्रतिकित्ता २१ सय ५० रुपैंयामा कारोबार भएको सो कम्पनीको सेयर अहिले ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७५ असार ३१ गते सो कम्पनीको सेयरको मूल्य प्रतिकित्ता १ हजार २५ रुपैंया थियो । असार ३२ गते मूल्यमा २५ रुपैंयाले वृद्दी भयो । सोही कारण सेयरको मूल्य १ हजार ५० रुपैंया कायम भयो । यस्तै, श्रावण १ गते सेयर मूल्यमा पुन गिरावटआई १ हजार ३६ रुपैंया पुग्यो । श्रावण २ गते नै सेयरको मूल्य १ हजार २२ रुपैंया पुग्यो ।

यसरी नै श्रावण १५ गते कम्पनीको सेयर १ हजार ५ रुपैंयामा अडेको थियो । श्रावण १६ गते १ हजार १२ रुपैंयाकोे हाराहारीमा पुगेको सेयरको मूल्य सोही महिनाको २३ गते हजार रुपैंयामा अडेको छ । साथै, श्रावण २७ गते ९ सय १० रुपैंया कायम भएको सेयरको मूल्य २९ गते ९ सय ४६ रुपैंया पुग्यो ।

नेपाल लाइपल इन्स्योरेन्स कम्पनीको ४३ करोड ९ लाख ६९ हजार २ सय ४६ रुपैंया नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ । सोही कम्पनीको मार्केट क्लोजिङ् मूल्य ९ सय ६० रुपैंया हो । हाल नेपाल लाइफको बजार पूँजीकरण ४२ अर्ब २१ करोड ५ लाख १४ हजार ५ सय ६० रुपैंया रहेको छ ।

हाल नेपाल लाइफको सेयर मूल्यको सन्दर्भमा भने लगानीकर्ताले आफ्नै किसिमका मत जाहेर गरेका छन् ।
लगानीकर्ता हरिगोपाल श्रेष्ठ भन्छन् —‘१० प्रतिशत संस्थापक सेयरलाई नेपाल लाईफले साधारण सेयरमा लैजाने भनेको छ , सोही कारणले अहिले सेयरको मूल्यमा हेरफेर भइरहेको हो , बजार अझै घटन सक्छ ।’

श्रेष्ठले हाल बजार घटेपनि केही दिनमा भने अवश्य बढने समेत विश्वास व्यक्त गरेका छन् । उनले ३६ प्रतिशत बोनस समेत यहि कम्पनीबाट पाइने सन्दर्भ जोडदै सेयर मूल्य केही समयपछि उकालो लाग्ने मा विश्वास व्यक्त गरेका छन् ।
यस्तै अर्का लगानीकर्ता माधव खनालका अनुसार —‘अहिले रुपान्तरणको प्रक्रियाले मात्र सेयर मूल्यमा हेरफेर आएको बताउँछन् ।’ सोही कम्पनीमा आफ्नो समेत सेयर रहेको कुरा जोडदै उनले आफूलाई थोर बहुत ज्ञान भएको कुरा खुलाएका छन् । उनले लगानीकर्तालाई आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताए ।

लगानीकर्ता बासु श्रेष्ठले बजारमा अब ४३ लाख कित्ता सेयर थपिने बताएका छन् । श्रेष्ठले यसरी थपिने सेयर साधारण नै हुने खुलासा गरे । उनले आगामी केही दिनसम्म सेयरको मूल्य हेरफर आउने कुरा बताए ।

यसमा लगानीकर्ता आफै सचेत तथा जानकार रहेमा ढुक्क बन्न मिल्ने अभिव्यक्ती समेत दिए । श्रेष्ठले भन्छन् —‘सेयर मूल्य अझै तल आउनसक्छ तर, यसमा लगानीकर्ता भने पहिले नै सचेत रहनुपर्छ यो स्वभावीक प्रक्रिया समेत हो ।’ दुई दिन न्यून मात्रामा भएको सेयरको मूल्यलाई भने उनले बजार धेरै अंकले बढेरमात्र यस्तो नतिजा देखिएको बताए ।

साथै, यूवा लगानीकर्ता समेत रहेका अमरजंग शाहीका अनुसार—‘ मार्केटले पिक अप लिने बेला यस्तो यस्तै हुन्छ , नेपाल लाइफ इन्स्योरेन्सलाई पनि त्यही भएको हो ।’ सानै उमेरबाट सेयर बजारमा लगानी गरेका शाहीले धेरै जसो बोनस खाने समयमा सेयर मूल्यमा हेरफेर हुने बताए ।

जीवन बीमा कम्पनीमा सबै सूचकको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । बीमा शुल्क आर्जन,जीवन बीमा कोषमा भएको रकम,चुक्ता पुँजी,रिजर्भ तथा नाफाको आधारमा नेपाल लाइफ पहिलो स्थानमा छ । बीमितलाई बोनसपनि सबैभन्दा बढी नेपाल लाइफले दिन्छ ।

यस आधारमा नेपाल लाइफको सेयर खरिद गर्ने मौकाको रुपमा पनि अहिले घटेको विषयलाई लिन सकिन्छ ।


क्लिकमान्डु