बाणिज्य बैंकको नाफा अर्ब नाघेपछि २८ अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार



काठमाडौं । वाणिज्य बैंकले आफ्नो नाफामूलक वित्तीय विवरण सार्वजनिक गरेसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी वृद्धी भएको छ ।

२७ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गर्दा २५ वटा बैंकको नाफा अर्ब माथि रहेको देखिएको छ । यसरी बैंकको नाफा सार्वजनिक भएसंगै आज नेप्सेका सबै सूचक हरियो देखिएका हुन् ।

निरन्तरको बजार घट्दा निराश भएका लगानीकर्ता निकै समयको अन्तरालपछि उत्साहित भएका छन् । आज नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । २.४३ प्रतिशतले बढ्दा परिसूचक १२०९.७१ बिन्दुमा पुगेको हो ।

बजार बढेको दिन १६५ कम्पनीले कारोबार गरेका छन् । १० लाख ६८ हजार ५ सय ५७ कित्ता सेयर किनबेच हँुदा ३६ करोड १ लाख ६३ हजार ४ सय ५८ रुपैंयाको कारोबार भएको छ ।

बैंक २४.८६, होटल २९.२६, विकास बैंक ३६.८१, जलविद्युत ३४.५३, वित्तीय ९.२३, निर्जीवन बीमा २०५.६४, उत्दनमूलक समूह ३९.२३, अन्य १४.८२, माईक्रोफाइनान्स ३५.२८ र जीबन बीमा १२९.८२ अंकले बढेका छन् ।

स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले ९.६६ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, वोमी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले बजार बढेका दिनपनि १० प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु