शतप्रतिशत हकप्रद निकाल्न लागेको जलविद्युत विकास कम्पनीलाई बैंकको ब्याजले फाइदा, नाफा ८३ करोड



काठमाडौं । शतप्रतिशत हकप्रद निकाल्न लागेको जलविद्युत् विकास कम्पनीले ८३ करोड रुपैयाँ नाफा कमाएको छ ।

अहिलेको चुक्ता पुँजी १० अर्ब रुपैयाँमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निकाल्ने तयारी गरेको छ ।

गतवर्ष ८३ करोड नाफा कमाएको कम्पनीले अघिल्लो आर्थिक बर्षमा कम्पनीले ४९ करोड ९ लाख रुपैंया खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकतथा वित्तीय संस्थामा राखेको निक्षेपको ब्याजबाट १ अर्ब १७ करोड नाफा गरेको छ । अघिल्लो वर्ष ७४ करोड नाफा कमाएको थियो । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव भएपछि कम्पनीको आम्दानी बढेको हो ।

गत आर्थिक वर्षमा जम्मा अपरेटिङ आम्दानी १ अर्ब ३२ करोड रहेको छ । यस्तै, जम्मा अपरेटिङ खर्च भने ५ करोड ५८ लाख रुपैंया रहेको छ ।

कम्पनीको गत आर्थिक बर्षमा सेयरबाट प्रतिकित्ता आम्दानी प्रति कित्ता ८.३० रहेपनि अघिल्लो आर्थिक बर्षमा सो दर ४.९१ मात्रै रहेको तथ्याङमा देखिन्छ ।

सोही कम्पनीकै सेयरको बजार मूल्य भने अघिल्लो आर्थिक बर्षमा प्रतिकित्ता १९७ परे पनि गत आर्थिक बर्ष भने १५५मा खुम्चिएको छ ।


क्लिकमान्डु