एफपिओ निकालेको बुटवल पावरको नाफा ५ करोडले बढ्यो



काठमाडौं । पुँजी बढाउन एफपिओ निकालेर नगद लाभांश बाढेको बुटवल पावर कम्पनीले ५ करोड रुपैयाँ नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड २४ लाख रुपैंया खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीको खुद नाफा ६६ करोड ८० लाख रुपैंया रहेको थियो । यसरी कम्पनीले गत आर्थिक बर्षमा ५ करोड रुपैंया नाफा कमाएको हो ।

कम्पनीले सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा अपरेटिङ आम्दानी जम्मा ६६ करोड ७२ लाख रुपैंया भएको थियो । अघिल्लो आर्थिक बर्षमा सो आम्दानी जम्मा ६६ करोड २८ लाख रुपैंया मात्र रहेको थियो । अघिल्लो र गत आर्थिक बर्षलाई तुलना गर्ने हो भने ४४ लाख रुपैंयाको हेरफेर भएको पाइन्छ ।

गएको अर्थिक बर्षमा अपरेटिङ खर्च जम्मा २७ करोड ७९ लाख रुपैंया रहे पनि अघिल्लो बर्षमा २९ करोड ९४ लाख रुपैंयामा कायम थियो ।

यस्तै, अघिल्लो तथा गत आर्थिक बर्षमा कम्पनीका डिप्रीसीयसन शूल्क ९ करोड ८६ लाख नै कायम रहेको छ ।

प्रति कित्ता सेयरको आम्दानी अघिल्लो आर्थिक बर्षमा ३६.९० रहेतापनि गत आर्थिक बर्षमा भने ३२.११ मा खुम्चीन पुगेको छ ।

अघिल्लो आर्थिक बर्षमा ६ सय २० कायम रहेको प्रति सेयरको बजार मूल्य गत आर्थिक बर्षमा ४ सय ५७ झरेको कम्पानीले सार्वजनीक गरेको वित्तीय विवरणले देखाउँछ ।


क्लिकमान्डु