२५ बैंकको नाफा अर्बभन्दा बढी, ३ बैंकको अर्ब पुगेन



काठमाडौं । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण २७ वटा वाणिज्य बैंककको सार्वजनिक भएको छ ।

पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले भने विवरण सार्वजनिक गरेको छैन । यसको नाफा करिब ४ अर्ब हुने देखिन्छ ।

यसरी हेर्दा यो पटक २५ वटा वाणिज्य बैंकको नाफा एक अर्बभन्दा बढी हुने छ । ३ वटा बैंकले नाफा १ अर्ब पुर्याउन यो वर्षपनि सकेनन् ।

विवरण सार्वजनिक भएका बैंकहरुमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ ।

सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक छ । सिभिल बैंकको नाफा ६४ करोड ५० लाख रहेको छ ।

यो पटक कुमारी र मेगा बैंक पहिलो पटक आफ्नो नाफा १ अर्ब कटाउन सफल भएका छन् ।

विवरण प्रकाशित भएका बैंकहरुमा प्रभु,नेपाल बंगलादेश(एनबी) बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसिसी)को नाफा घटेको छ ।

जसमा अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा घट्नेमा प्रभु बैंक छ । प्रभु बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७५ करोड नाफा गरेकोमा यो वर्ष १ अर्ब १२ करोड मात्र नाफा गरेको छ ।

यस्तै एनबी बैंकले १ अर्ब २० करोड नाफा गरेकोमा यो वर्ष १ अर्ब १० करोड नाफा गरेको छ । एनसीसीले अघिल्लो वर्ष १ अर्ब ३२ करोड नाफा गरेकोमा यो वर्ष १ अर्ब ७ करोड नाफा गरेको छ ।

अपरिस्कृत वित्तीय विवरणले ३ अर्बदेखि ४ अर्बभन्दा कम नाफा कमाउने बैंकहरुमा कृषि विकास बैंक,नेपाल बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

कृषि विकास बैंकको नाफा ३ अर्ब ६७ करोड छ,नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ५७ करोड तथा नेपाल बैंकको ३ अर्ब ३९ करोड छ । कृषि विकास बैंक बाहेक सबै बैंकको नाफा अघिल्लो वर्ष नै ३ अर्बभन्दा बढी थियो ।

यस्तै २ अर्बभन्दा बढी र ३ अर्बभन्दा कम नाफा गर्ने बैंकमा एभरेष्ट हिमालयन,ग्लोबल आइएमई,स्टाण्र्डर्ट चाटर्ड बैंक रहेका छन् ।

जसमा एभरेष्टको नाफा २ अर्ब ७८ करोष्,हिमालयनको,२ अर्ब ४७ करोड,ग्लोबल आइएमई बैंकले २ अर्ब १५ करोड नाफा गरेको छ । स्टाण्र्डर्ट चाटर्ड बैंकले २ अर्ब ७ करोड नाफा गरेको छ ।

यस्तै २ अर्बभन्दा कम र १ अर्बभन्दा बढी नाफा हुने बैंकहरुमा एसबिआईले १ अर्ब ९४ करोड,प्राइमले १ अर्ब ८९ करोड,सिदार्थले १ अर्ब ८५ करोड नाफा गरेका छन् ।
यस्तै एनएमबिले १ अर्ब ८१ करोड,सानिमाले १ अर्ब ६९ करोड,बैंक अफ काठमाण्डूले १ अर्ब ५४ करोड,एनआईसी एशियाले १ अर्ब ४९ करोड,सिटिजन्सले १ अर्ब ४० करोड नाफा गरेका छन् ।

सनराइजले १ अर्ब ३१ करोड,माछापुच्छ्र्रेले १ अर्ब २१ करोड,लक्ष्मीले १ अर्ब १६ करोड,प्रभुले १ अर्ब १२ करोड नाफा गरेका छन् ।

एनबीले १ अर्ब १० करोड,एनसीसीले १ अर्ब ७ करोड,मेगाले १ अर्ब ४ करोड,कुमारीले १ अर्ब,जनताले ९३ करोड,सेन्चुरीले ८७ तथा सिभिलले ६४ करोड नाफा गरेका छन् ।


क्लिकमान्डु