सेन्चुरी बैंकको नाफा ७५ प्रतिशतले बढ्यो



काठमाडौं । सेन्चुरी बैंकको नाफा ७५ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ८७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो ।

६१ अर्ब ३२ करोड निक्षेप रहेको बैंकको ५४ अर्ब ९८ करोड रुपैयाँ कर्जा रहेको छ । अघिल्लो वर्ष बैंंकको निक्षेप ४२ अर्ब ५९ करोड तथा कर्जा ३९ करोड ५० करोड थियो ।

बैंकको एनपिएलमा पनि ठूलो सुधार देखिएको छ । गत वर्ष १.१५ प्रतिशत एनपिएल रहेकोमा यो वर्ष त्यो घटेर ०.४० प्रतिशतमा झरेको छ ।


क्लिकमान्डु