ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता



काठमाडौं । ज्योति विकास बैंक र र कुमारी बैंकबीच रेमिटेन्स सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतामा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।

यस सम्झौतापश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।


क्लिकमान्डु