६.६१ अंकले बढ्यो नेप्से, १८ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । यो साताको दोश्रो दिनबाट उकालो लागेको नेप्से परिसूचक तेश्रो दिन पनि बढेको छ । आज परिसूचक ६.६१ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढदा परिसूचक ११८०.९८ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १६० कम्पनीले कारोबार गरेका छन् । ७ लाख ३२ हजार ७ सय २५ कित्ता सेयर किनबेच हुँदा १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैंयाँको कारोबार भएको छ ।

नेप्से परिसूचकका २ सूचकमात्र आज रातो देखिएका छन् । होटल १.४१ अंक र अन्य ३.३९ अंकले घटेर रातो देखिएका हुन् ।

बैंक ६.८७, ट्रेडिङ ५.०७, विकास बैंक १४.८८, जलविद्युत् ६.३४, वित्तीय १०.३९, निर्जीवन बीमा ५०.०१, उत्पादनमूलक समूह ६.६१, माईक्रोफाइनान्स १५.६ र जीवन बीमा १३.०१ अंकले बढेका छन् ।

आरम्भ माईक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, मल्टी पर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ५.३६ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु