नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर



काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा आइपुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको बिक्रीदर ११२ रुपैयाँ २० पैसा राखेको छ । अर्थात सर्वसाधरणले डलर चाहिएमा १ अमेरिकी डलरको लागि १२० रुपैयाँ २० पैसा खर्च गर्नुपर्ने हुन्छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको कारण भारतीय रुपैयाँको डलरसँग हुने सम्बन्धको आधारमा विनिमयदरमा उतारचढाव हुने गर्छ ।

अहिले भारतीय रुपैयाँपनि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

आयातित अर्थतन्त्र रहेको नेपाललाई डलर महंगो हुँदा आयात हुने वस्तु महंगो हुन्छ । डलरमा आउने अनुदान तथा ऋण बढी आउने छ । यस्तै रेमिट्यान्सपनि बढ्ने हुन्छ ।

तिनुपर्ने बैदेशिक ऋणको अनुपात भने बढ्ने हुन्छ ।


क्लिकमान्डु