धितोपत्र बोर्डले नेप्सेले लिन पाउने सूचीकरण शुल्क सच्चायो, यस्तो छ सूची
काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जले लिन पाउने सूचिकरण शुल्क सच्चाएको छ ।
बोर्डले साउन १ देखि लागु गरेको सूचीकरणलाई नेप्सेले अस्विकार गरेको थियो ।
नेप्सेको आम्दानी घट्ने भन्दै सार्वजनिक निष्कासन भएका कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा लागि सूचीकरण भएको थिएन ।
बोर्डले ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीलाई सूचीकरण शुल्क ०.१० प्रतिशत वा न्यूनतम १ लाख ५० हजार लिन पाउने व्यवस्था गरेको छ । वार्षिक शुल्क ५० हजार निर्धारण गरिएको छ ।
यस्तै ५० करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीलाई ०.०५ प्रतिशत वा न्यूनतम २ लाख ५० हजार लिन पाउने तथा १ लाख रुपैयाँ वार्षिक नेप्सेले लिन पाउने छ ।
डिबेन्चर तथा सामुहिक बचतमा ५० करोडसम्मको लागि सूचिकरण शुल्क ६० हजार तथा वार्षिक शुल्क २५ हजार तोकिएको छ भने ५० करोडभन्दा माथिको लागि १ लाख सूचीकरण शुल्क तथा वार्षिक शुल्क ५० हजार तोकिएको छ ।