नेपाल एसबिआईको नाफा २१ करोड रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३४ करोड रुपैंया खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा १ अर्ब १३ करोड रुपैंया खुद नाफा आर्जन गरेको थियो । यसरी बैंकले गत आर्थिक बर्षमा २१ करोड नाफा आर्जन गरेको हो ।
बैंकले सार्वजनीक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा बैकको ब्याज आम्दानी ९ अर्ब रुपैंया रहेको थियो । यसरी नै ब्याज खर्च भने ४ अर्ब ९१ लाख रुपैंया रहेको थियो । सो बेला बैकले ४ अर्ब १४ करोड रुपैंया खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी २ अर्ब ९९ करोड थियो ।
गत आर्थिक बर्षमा बैंकले ८४ अर्ब निक्षेप संकलन गरी ७५ अर्ब कर्जा प्रवाह गरेको थियो । बैंकको कस्ट अफ फन्ड अघिल्लो आर्थिक बर्षमा ३.५४ प्रतिशत रहेको थियो भने गत आर्थिक बर्षमा ५.४५ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक बर्षमा प्रति सेयर आम्दानी ३३.४६ रहेको थियो । सो दर गत आर्थिक बर्षमा २३.४३ मा खुम्चीन पुगेको बैंकले सार्वजनिकक गरेको तथ्याङ्कले देखाउँछ ।