कहाँ धेरै छन् अर्बपति ?



काठमाण्डौ । अमेरिकाको एउटा एजेन्सीले कुन देशमा सबैभन्दा धेरै अर्बपति छन् भनेर अनुसन्धान गरेको छ । सन् १९८६ मा स्थापना भएको यो एजेन्सीले २००९ देखि यस्तो अध्ययन गर्दै आएको थियो ।

एजेन्सीका अनुसार ५० करोड डलर वा त्यसभन्दा धेरै सम्पत्ति हुने मानिसलाई अर्बपतिको सूचिमा राख्न सकिन्छ । ५० करोड डलर सम्पत्ति वा त्यसभन्दा धेरै सम्पत्ति भएका मानिस उत्तरी अमेरिकामा धेरै रहेका छन् । उत्तर अमेरिका र क्यानडामा ३१.८ प्रतिशत मानिससँग ५० करोड डलर वा त्यसभन्दा धेरै सम्पत्ति रहेको छ ।

दोस्रो स्थानमा एसिया परेको छ । एसियामा २८.१ प्रतिशत मानिस ५० करोड या त्यसभन्दा धेरै सम्पत्ति भएका मानिस छन् । त्यस्तै, युरोपमा २५.४ प्रतिशत मानिससँग ५० करोड डलर वा त्यो भन्दा धेरै सम्पत्ति छ ।

बाँकी बचेका १५ प्रतिशत अर्बपति मानिस मध्य एसिया, अष्ट्रेलिया, रुस, ल्याटिन अमेरिका र अफ्रिकामा रहेको एजेन्सीको अध्ययनले देखाएको छ ।

यो अध्ययनका लागि डाटा कम्पनी वेल्थ एक्स र विश्वका ठूला ५ सय वटा बैंकबाट तथ्याङ्क लिइएको बताईएको छ ।

अमेरिका, चीन, जर्मन, जापान, हङकङ, क्यानडा, स्विटरजल्याण्ड, फ्रान्स, रुस र बेलायत सबैभन्दा धेरै अर्बपति रहेका देश हुन् । अमेरिकामा चीनको तुलनामा १ हजार ३ सय ४० जना धेरै अर्बपति रहेको तथ्याङ्कले देखाएको छ । अमेरिकामा १ हजार ८ सय ३० जना अर्बपति रहेका छन् ।

यो सूचिमा भारतपनि परेको छ । भारतमा २ सय जना अर्बपति रहेको तथ्याङ्कले देखाएको छ । भारत अर्बपतिको सूचिमा ११औँ स्थानमा परेको छ ।

अर्बपतिहरुसँग समान्यतया १ अर्ब भन्दा धेरै सम्पत्ति हुन्छ । र, यो सम्पती एउटै स्थानमा मात्रै हुँदैन । बैंकले दिएको जानकारी अनुसार ५० करोड डलरभन्दा धेरै सम्पत्ति भएका मानिसको कम्तीमापनि ३ वटा देशमा घर रहेको पाईएको छ ।

त्यस्तै, अर्बपतिहरुसँग एकभन्दा धेरै देशको पासपोर्ट हुनुपनि सामान्य हो । रुसका ५८ प्रतिशत अर्बपतिसँग दुईवटा पासपोर्ट रहेको पाईयो । त्यस्तै, ल्याटीन अमेरिकाका ४१ प्रतिशत र एसियाका ३९ प्रतिशत मानिससँग दुईवटा पासपोर्ट रहेको अध्ययनले देखाएको छ । (एजेन्सीहरुबाट)


पुष्प दुलाल