कर्जा लिन सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंक (सूचिसहित)



काठमाडौं । कर्जा लिनको लागि सबैभन्दा सस्तो सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक देखिएको छ ।

बैंकले प्रकाशित गरेको कर्जाको आधार दर(बेसरेट) अनुसार सबैभन्दा सस्तोमा कर्जा दिन सक्ने बैंकमा वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर ६.२० प्रतिशत रहेको छ ।

२०७४ चैत मसान्तको तुलनामा २०७५ असार मसान्तमा औसतमा बैंकहरुको कर्जाको बेसरेट घटेको देखिएको छ । चैत मसान्तमा बेसरेट १०.४५ प्रतिशत रहेकोमा असार मसान्तमा १०.४१ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकपछि कम बेसरेट रहेका बैंकमा नेपाल बैंक,स्टाण्डर्ट चाटर्ड,नबिल बैंक रहेका छन् । बेसरेट बढी भएका बैंकमा सेन्चुरी मेगा लगायतमा बैंकहरु रहेका छन् ।

बैंकहरुले कर्जाको ब्याजदर बेसरेटमा आधारित भएर तोक्ने गर्छन् । न्यूनतम बेसरेटमा कर्जाको शिर्षक र समय हेरेर २ देखि ५ प्रतिशचतसम्म ब्याजदर जोड्ने गरेको देखिन्छ ।

यस्तो छ बैंकहरुको बेसरेटको स्थिती


क्लिकमान्डु