बंगलादेशका उर्जा राज्यमन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण



काठमाण्डौ । बंगलादेशकाबिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधनमन्त्री नर्सुल हमिद सहितको टोलीले काठमाण्डौको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारका अनौपचारिक भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको कुरा व्यक्त गरेका थिए । भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष ढकाललाई परियोजनाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।


क्लिकमान्डु