इन्टरनेटमा बढेको शुल्क उपभोक्ताले तिर्नु नपर्ने



काठमाडौं । सरकारले साउन १ गते देखि इन्टरनेटमा लगाएको करको भार उपभोक्तालाई नपर्ने भएको छ ।

सरकारले दुर संचार सेवा शुल्कभन्दै १३ प्रतिशत कर बढाएको थियो । यस्तो कर कम्पनीले नै तिर्ने र उपभोक्ताले यो शुल्क तिर्नुनपर्ने व्यवस्था गरिएको सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।

‘बढेको शुल्क उपभोक्ताको थाप्लोमा पार्नु हुँदैन भन्ने मान्यता सरकारको थियो,इन्टरनेट सेवा प्रदायकले यस्तो शुल्क उपभोक्तालाई थोपरेका थिए हामीले वार्ताको माध्यमबाट उपभोक्ताको साटो सेवा प्रदायकले नै तिर्ने सहमति गरेका छौ,अब यो शुल्क उपभोक्ताले तिर्नुपर्दैन,’ सचिव गुरुङले क्लिकमाण्डूले भने ।

शुल्क बढाएको त्रीव विरोध भएपछि मन्त्रालयले सहसचिव विरेन्द्रकुमार मिश्रको सयोजकत्वमा एउटा कमिटि गठन गरेको थियो ।

इन्टरनेट शुल्क बढेपछि सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले इन्टरनेट सेवा प्रदायक कम्पनीले सस्तो मुल्यमा आइएसपी किनेर महंगो मुल्यमा बिक्री गरेको बताएका थिए ।


क्लिकमान्डु