तोकियो २० जिल्लाको जग्गाको न्यूनतम मूल्य, तपाइको जग्गा कति रुपैयाँको भयो ?



काठमाडौं । देशका २० जिल्ला मालपोत कार्यालयले त्यहाँका जमिनको न्यूनतम मूल्याङ्कन तोकेको छ । अहिलेको मूल्याङ्कन गत वर्षको भन्दा बढेको छ । २० जिल्लामा रहेका जग्गाको न्यूनतम मूल्याङ्कन कहाँ कति छ त ? हामीले यहाँ प्रस्तुत गरेका छौं ।

अर्घाखाँची : अर्घाखाँची मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्याङ्कन सार्वजनिक गरेको छ । प्रति वर्गफिट ६ सय रुपैयाँदेखि २४ हजार रुपैयाँसम्म न्यूनतम मूल्याङ्कन तोकिएको छ । सिन्धुखर्कमा ६ सय रुपैयाँप्रति वर्गफिट रहेको छ भने सहरी तथा बजारी क्षेत्रमा प्रतिवर्ग फिट २४ हजार रुपैयाँ तोकिएको हो ।

इलाम : इलामाको मंगलबारे स्थित मालपोत कार्यालय अनुसार बुधबारे बजार र क्याम्पस क्षेत्रका जग्गाहरुको न्यूनतम मूल्याङ्कन प्रतिआना १२ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ तोकिएको छ ।

संखुवासभा : संखुवासभामा यो आर्थिक वर्षबाट न्यूनतम मूल्याङकन ४० हजार रुपैयाँ प्रतिआना ेखि १५ लाख प्रतिआनासम्म तोकिएको छ । आँखीभुईँको पाखामा रहेको जमिन भने ४० हजार रुपैयाँ प्रतिआना रहेको छ भने मुडेबजार क्षेत्रको जग्गा १५ लाख रुपैयाँ प्रतिआना रहेको छ ।

डोटी : डोटीको सिलगढी मालपोत कार्यालयका अनुसार दिपायल सिलगढीमा जग्गाको न्यूनतम मूल्य ३५ हजार रुपैयाँदेखि ३ लाख २५ लाख रुपैयाँसम्म रहेको छ । यहाँका खेती योग्य जमिन ४१ हजार रुपैयाँ प्रतिआना रहेको छ भने बाटो बनेका जग्गा ३ लाख २५ हजार रुपैयाँ प्रतिआना रहेको छ ।

दैलेख : दैलेख मालपोत कार्यालयका अनुसार न्यूनतम जग्गाको मूल्य २० हजार रुपैयाँ प्रति ५ वर्गफिट तोकिएको छ । मोटर बाटो छोएको जमिनको मूल्य १५ लाख ५० हजार रुपैयाँ तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

धनकुटा : धनकुटामा राजमार्गका दायाँबायाँका जग्गा प्रतिरोपनी ५ लाख रुपैयाँदेखि १८ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

सुनसरी : धरान मालपोत कार्यालयका अनुसार धरानमा २७ लाख रुपैयाँ आनादेखि १ करोड २० लाख रुपैयाँ आनासम्मका जग्गाहरु रहेका छन् । धरानको वडा नम्बर ५\६ का क वर्गका जग्गाहरु प्रतिआना १ करोड २० लाख रुपैयाँ तोकिएको छ । धरानको वडा नम्बर ३ को ख वर्गका जग्गा २७ लाख प्रतिआना रहेका छन् ।

पर्सा : पर्सा मालपोत कार्यालयका अनुसार जग्गाको मूल्य १ लाख रुपैयाँदेखि १ करोड ८० लाख रुपैयाँसम्म प्रति कठ्ठा न्यूनतम मूल्याङ्कन तोकिएको छ ।
पाँचथर ः पाँचथरमा १० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म प्रतिरोपनी जग्गाको न्यूनतम मूल्य तोकिएको छ ।

पाल्पा : पाल्पा मालपोत कार्यालयका अनुसार ३ हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँ प्रतिरोपनी जग्गाको मूल्य तोकिएको छ । पाखातिर रहेको जग्गालाई ३ हजार प्रतिरोपनी तोकिएको छ भने सडकले छोएको जग्गालाई १ लाख २५ हजार रुपैयाँ न्यूनतम मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

प्यूठान : प्यूठान मालपोत कार्यालयका अनुसार प्रतिरोपनी १० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म तोकिएको छ । पाखामा रहेको बाझो जग्गाको मूल्य प्रतिरोपनी १० हजार रुपैयाँ तोकिएको हो भने मोटर बाटोसँग जोडिएको जग्गालाई ७ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको कार्यालयले जानकारी दिएको छ ।

रुपन्देही : रुपन्देहीमा १ हजार ३ सय ८० वर्गमिटर देखि ५६ लाख ४० हजार रुपैयाँप्रति कठ्ठा न्यूनतम मूल्य तोकिएको छ ।

बागलुङ : बागलुङमा जग्गाको मूल्य १ लाख रुपैयाँदेखि २ लाख ७५ हजार रुपैयाँ प्रतिआना न्यूनतम मूल्याङ्कन गरिएको छ । भित्री फाँटमा परेका जग्गा १ लाख रुपैयाँ प्रतिआना तोकिएको छ भने बुर्तिबाङका जग्गाहरु २ लाख ७५ हजार रुपैयाँ प्रतिआना न्यून मूल्य तोकिएको छ ।

चितवन : चितवनमा १ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँ प्रतिआना जग्गाको न्यूनतम मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

सुर्खेत : सुर्खेतमा जग्गाको मूल्य ११ हजार रुपैयाँदेखि ७० हजार प्रतिरोपनी न्यूनतम मूल्याङ्कन तोकिएको छ ।

मोरङ : मोरङमा १ सय १० वर्गमिटरदेखि ३ सय ७५ वर्गमिटर जग्गाको मूल्य तोकिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

दाङ : दाङमा जग्गाको न्यूनतम मूल्य ९ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँ प्रतिवर्गमिटर तोकिएको छ ।

कास्की : कास्कीमा जग्गाको मूल्य ३ लाख रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकिएको छ ।

स्याङ्जा : स्याङ्जामा जग्गाको मूल्य १२ हजार रुपैयाँदेखि ३ लाख ७ हजार प्रतिरोपनी तोकिएको छ ।

मकवानपुर : मकवानपुरमा जग्गाको मूल्य २५ हजार रुपैयाँदेखि ११ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।


क्लिकमान्डु