५० लाखको लागतमा कभर्ड हल बन्दै, खेलकुदको क्षेत्रमा परिवर्तन आउने



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ ।

उक्त रकममध्ये १० लाख जिल्ला समन्वय समिति र १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका सचिव टीकाबहादुर शाहीले जानकारी दिए ।

सैनामैना नगरपालिका–३ स्थित पर्सावलमा निर्माणाधीन कभर्ड हलमा ब्याडमिण्डन खेल्नका लागि दुई वटा कोर्ट, टेबुलटेनिस, बास्केटबल र फुटसललगायतका खेल खेल्न सकिने उनले बताए । डेढ वर्षअघिदेखि निर्माण कार्य शुरु भएको कभर्डहल अझै एक वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

“सैनामैना खेलाडी उत्पादनको क्षेत्र र सबैलाई पायक पर्ने स्थान भएकाले नै यहाँ कभर्डहल निर्माण गर्न लागिएको हो” उपभोक्ता समितिका सचिव शाहीले भने । ८० प्रतिशत काम पूरा भएको कभर्ड हलमा ३०० दर्शक अटाउन सक्ने बताइएको छ ।

कभर्डहल निर्माण भएपछि खेलकुदको क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ । रासस


क्लिकमान्डु