यो नरसंहार देख्नुभन्दा बरु म काठमाडौं जान्छु भन्दै रोइरहे डा. केसी (फोटोफिचर)



डा. केसीको यो फोटो भने फाइल फोटो हो ।

काठमाडौं । विगत २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानमा अनसनरत डा. गोविन्द केसी सरकारी हरकतले थप विक्षिप्त बनेका छन् ।

सरकारले डा. केसीको स्वास्थ अवस्था नाजुक भएकोले थप उपचारको लागि भन्दै सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागेको थियो । यसको लागि सरकारले विहिबार विहान काठमाडौंबाट सेनाको हेलिकोप्टर नै पठाएको थियो ।

तर डा. केसीले काठमाडौं गएर उपचार वा वार्ता नगराउने र सरकारले प्रस्तावित शिक्षा विधयेक फिर्ता लिनुपर्ने अडान राखे । डा. केसीको यस्तो अडानको विपरित उनलाई जवरजस्ती काठमाडौं ल्याउन लागेपछि अस्पताल हातभित्रै डा. केसीका समर्थक र प्रहरीबीच झडप समेत भएको छ ।

स्थानीयले दिएको जानकारी अनुसार प्रहरीले अस्पताल हाताभित्र पसेर अन्धाधुन्द रुपमा लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको छ । प्रहरी हस्तक्षेपबाट करिब डाक्टर, नर्स र विद्यार्थी सहित करिब ४० जना घाइते भएको बताइएको छ ।

प्रहरीले जथाभाबी लाठी चार्ज र अश्रुग्यास प्रहार गरेपछि डा. केसीले रुदै आफू काठमाडौं जान तयार रहेको बताएका एक स्थानीयले बताए ।

‘प्रहरीको हरकत देखेर उहाँ थप विक्षिप्त बन्नुभएको छ, उहाँले रुदै यस्तो नरसंहार नगर, म काठमाडौं जान तयार छु भन्नुभएको छ,’ जुम्लाबाट एक स्थानीयले भने ।

तर सरकारले डा. केसीको कुरा नसुनी थप बल प्रयोग गरेपछि डा. केसी सरकारी हेलिकोप्टर चढेर काठमाडौं नजाने अडानमा रहेका बताइएको छ ।


क्लिकमान्डु