पुराना कर्मचारीको कमाइमा अर्थमन्त्रीको नजर, पेन्सनमा आयकर लाग्ने




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको आम्दानी (पेन्सन) मा कर लगाउने ब्यवस्था गर्न भनेका छन् ।

अहिलेसम्म विवाहित ब्यक्तिको बार्षिक ४ लाख रुपैयाँसम्म र अविवाहित ब्यक्तिको बार्षिक ३ लाख ५० हजार रुपैयाँसम्मको पेन्सनमा आयकर लाग्दैनथ्यो ।

बार्षिक सो सीमासम्मको आम्दानीमा सरकारले १ प्रतिशत सामाजिक सुरक्षा कर लिने गथ्र्याे । यस्तो सामाजिक सुरक्षा कर पेन्सनमा लाग्दैनथ्यो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तको ब्यवस्था गर्न बनेको ऐनको मस्यौदामा पेन्सनमा आयकर नलाग्ने प्रस्ताव गरिएको थियो ।

तर अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै सामान्यको सो ब्यवस्था हटाएर प्रचलित आयकर ऐनको ब्यवस्था अनुसार भन्ने वाक्य राख्न भनेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले भने झै अहिले पेन्सनमा आयकरको ब्यवस्था कार्यान्वयन गर्ने हो भने मासिक १० हजार रुपैयाँ पेन्सन लिने पेन्सनरले बार्षिक १ लाख २० हजार रुपैयाँ पेन्सन लिन्छ । यसको १ प्रतिशतका दरले आयकर तिर्दा बार्षिक १२ सय रुपैयाँ आयकर तिनुपर्छ ।

मासिक १५ हजार रुपैयाँ पेन्सन थाप्नुहुन्छ भने तपार्इंले पेन्सन वापत बार्षिक १ लाख ८० हजार रुपैयाँ लिनुहुन्छ । यसको १ प्रतिशतका दरले तपाइले बार्षिक १८ सय रुपैयाँ आयकर तिनुपर्छ । किनभने आयकर ऐनको अहिलेको ब्यवस्था अनुसार विवाहित ब्यक्तिको बार्षिक ४ लाख रुपैयाँसम्मको आयमा र अविवाहित ब्यक्तिको बार्षिक ३ लाख ५० हजार रुपैयाँसम्मको आयमा १ प्रतिशत आयकर लाग्छ ।

तपार्इंको मासिक पेन्सन २० हजार रुपैयाँ छ भने तपाइले बार्षिक २ लाख ४० हजार रुपैयाँ पेन्सन लिनुहुन्छ र त्यसको १ प्रतिशतका दरले बार्षिक २४ सय रुपैयाँ आयकर केन्द्र सरकारलाई बुझाउनु पर्नेछ ।

आयकरको यस्तो छ ब्यवस्था
सरकारले यो बर्षदेखि करको सीमा परिवर्तन गर्दै तपाइलाई करको बोझ थपिदिएको छ । गत आर्थिक बर्षसम्म १५ र २५ प्रतिशतको दर भएपनि यो बर्षदेखि १०, २० र ३० प्रतिशत करको दर बनाएर मध्यम आय हुने नेपालीलाई कर बढाएको छ ।

नयाँ ब्यवस्था अनुसार तपाइ अविवाहित हुनुहुन्छ र बार्षिक ३ लाख ५० हजार रुपैयाँसम्मको आम्दानी अर्थात मासिक २९ हजार १६७ रुपैयाँसम्म तलब लिनुहुन्छ भने बार्षिक तपाइको तलबको १ प्रतिशत आयकर तिर्नुपर्छ ।

विबाहित हुनुहुन्छ भने बार्षिक ४ लाख रुपैयाँसम्मको आम्दानी अर्थात मासिक ३३ हजार ३ सय ३३ रुपैयाँसम्म तलब खानुहुन्छ भने बार्षिक तलबको १ प्रतिशत आयकर तिर्नुपर्छ ।

अविवाहित हुनुहुन्छ र बार्षिक तलब ३ लाख ५० हजार रुपैयाँभन्दा बढी तर ४ लाख ५० हजार रुपैयाँसम्म तलब भए ३ लाख ५० हजार रुपैयाँसम्मको ३ हजार ५ सय रुपैयाँ र ३ लाख ५० हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयक तिर्नुपर्छ ।

तपाइ विवाहित हुनुहुन्छ भने ४ लाख रुपैयाँभन्दा बढी र ५ लाख रुपैयाँसम्मको करयोग्य आयमा ४ लाख रुपैयाँसम्मको ४ हजार रुपैयाँ र ४ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हुनुहुन्छ र बार्षिक ४ लाख ५० हजार रुपैयाँभन्दा बढी तलब आउँछ भने ४ लाख ५० हजार रुपैयाँसम्मको १३ हजार ५ सय रुपैयाँ र ४ लाख ५० हजार रुपैयाँभन्दा बढी करयोग्य आयको थप २० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ विवाहित हुनुहुन्छ भने बार्षिक तलब ५ लाख रुपैयाँभन्दा छ भने ५ लाख रुपैयाँसम्मको १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढी तलबको थप २० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हो र बार्षिक तलब ६ लाख ५० हजार रुपैयाँभन्दा बढी र २० लाख रुपैयाँसम्म छ भने ६ लाख ५० हजार रुपैयाँसम्मको ५३ हजार रुपैयाँ र ६५० हजार रुपैयाँभन्दा बढी तलबको ३० प्रतिशतले हुन आउने रकम थप आयकर तिनुपर्छ ।

तपाइ विवाहित हो र बार्षिक तलब ७ लाख रुपैयाँभन्दा बढी तर २० लाख रुपैयाँसम्म छ भने ७ लाख रुपैयाँसम्मको ५४ हजार रुपैयाँ र ७ लाख रुपैयाँभन्दा बढी तलबको ३० प्रतिशत रकम थप गरेर आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हो भने र बार्षिक तलब २० लाख रुपैयाँभन्दा बढी छ भने बढी भएजति करयोग्य आयको ३० प्रतिशत र त्यसको थप २० प्रतिशत अतिरिक्त आयकर तिर्नुपर्ने भएको छ ।

तपाइ विवाहित हो भने र बार्षिक तलब २० लाख रुपैयाँभन्दा बढी छ भने तलब रकमको ३० प्रतिशत र त्यसको थप २० प्रतिशत अतिरिक्त कर तिर्नुपर्छ ।


क्लिकमान्डु