काठमाडौंको फोहर उठाउन नेपवेस्टको पिडिए स्वीकृत, सौर्य उर्जामा २० अर्ब विदेशी लगानी आउने



काठमाडौं । सरकारले काठमाडौं जिल्लाको काठमाडौं महानगर सहित १० वटा नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने भएको ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको बैठकले काठमाडौंको एकीकृत फोहरमैला व्यवस्थापनको लागि नेपवेस्ट प्रालिलाई दिने निर्णय गरेको हो ।

बैठकले नेपवेस्टसँग गर्न लागिएको परियोजना विकास सम्झौता(पिडिए)लाई स्विकृत गरेको छ ।

पहिलो चरणमा काठमाडौं महानगरपालिका,दक्षिणकाली,चन्द्रागिरि,नागार्जुन,तारेश्वर,टोखा,बुढानिलकण्ठ,गोकर्णेश्वर,कागेश्वरी मनोहरा तथा शंकरापुरा नगरपालिकाको फोहर व्यवस्थापन गर्ने छ ।

यस्तै लगानी बोर्डको बैठकले सौर्य उर्जामा डोल्मा फण्ड म्यानेजमेन्टले ल्याउन लागेको २० करोड अमेरिकी डलर बराबरको लगानीलाई स्विकृत गर्ने निर्णय गरेको छ ।

पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग दुईमहिनासम्ममा निष्कर्ष निकाल्ने निर्णय गरेको छ । लगानी बोर्ड ऐन २०६८ लाई संसोधन गर्ने निर्णय गरेको बोर्डले बैठकपछि जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु