बिमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पौन दुई करोड




काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय विमान दुर्घटना परी ज्यान गुमाएका परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने गरी सन् १९९९ मन्ट्रियल सन्धि सदस्य राष्ट्र बने तयारी अन्तिम चरणमा पु¥याएको छ ।

नेपाल मन्ट्रियल सन्धि सदस्य राष्ट्र भएसँगै अन्तर्राष्ट्रिय हवाई दुर्घटनानमा ज्यान गुमाउनेका परिवारले पाउने राहत रकम बढ्ने छ । नेपाल अहिले वार्सा सन्धि सदस्य राष्ट्र हो । जसका कारण नेपालीले हवाई दुर्घटना परी ज्यान गुमाएको अवस्थामा उसका परिवारले २० हजार अमेरिकी डलर मात्रै पाउँथे ।

तर, मन्ट्रियल सन्धि सदस्य राष्ट्र भएपछि भने यो रकम एक लाख १३ हजार एक सय एसडीआर अर्थात एक लाख ५९ हजार डलर भन्दा बढी हुन्छ ।

क्षतिपूर्ति रकम बढाउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पेस गरेको मन्ट्रियल सन्धि मन्त्रि परिषद्को आर्थिक पूर्वाधार समितिले स्वीकृत गरिसकेको छ ।

समितिले स्वीकृत गरेको सन्धि मन्त्रिपरिषद पारित गर्नुपर्छ । मन्त्रिपरिषदबाट पारित भएको सन्धि संघीय संसदबाट अनुमोदन हुनुपर्छ । संसदबाट अनुमोदन भएको सन्धि सरकारले आईकाओमा स्वीकृतिका लागि पठाउँछ । आईकाओबाट स्वीकृत भएपनि नेपालीले सोही अनुसार १ करोड ७३ लाख भन्दा बढी क्षतिपूर्ति पाउनेछन ।

हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आइकाओले मन्ट्रियल सन्धि ल्याउन प्रमुख भूमिका खेलेको थिया े। सोही अनुसार सन् १९९९ मा मन्ट्रियल सन्धि जारी भएको थियो ।

मन्ट्रियल सन्धि लागू भएपछि पीडितका परिवारले असीमित दायित्व बीमा दाबीका लागि पाँच तवरबाट मुद्दा लड्न पाउने व्यवस्था गरेको छ ।

सन्धिमा जहाज उडेको देश, गन्तव्य देश, विजनेस भएको देश, जहाज रजिष्ट्रेसन भएको देश र यात्रु बसको देशको आधारमा असीमित बिमा रकमका लागि मुद्दा लड्न सक्ने व्यवस्था गरेको छ ।

तर, यसअघिको वार्सा सन्धिमा भने यात्रु बसको देशको आधारमा असीमित बिमा रकमका लागि मुद्दा लड्न सक्ने व्यवस्था थिएन । नेपाल सन्धि सदस्य राष्ट्र भए लगतै नेपाली यात्रुले जुनसुकै राष्ट्रको जहाज चढ्दापनि यी अनुसार रकम पाउने अवस्था आउँछ ।

साथै, मन्ट्रियल सन्धिमा कार्गो सामान क्षतिमा प्रतिकेजी १९ एसडीआर र लगेजको क्षतिपूर्ति रकम एक हजार एक सय ३१ एसडीआर पाउने व्यवस्था रहेको छ । यसैगरी, सन्धिमा यसबाहेकपनि विलम्ब क्षतिपूर्ति रकमको पनि व्यवस्था गरेको छ ।

यसमा चार हजार ६ सय ९४ एसडीआर तोकेको छ । अहिले मन्ट्रियल सन्धि सदस्य राष्ट्र एक सय ३१ पुगिसकेका छन् । नेपालमा पनि हवाई यात्रुको सुरक्षा र संरक्षणका लागि यो सन्धि अवलम्बन अति नै आवश्यक रहेको छ ।


क्लिकमान्डु