विश्वकपको अवसरमा कर्पोरेट हाउसबीच मैत्रीपूर्ण फुटसल



काठमाण्डौ । “जीत वा हार मित्रवत् व्यवहार” भन्ने मूल नाराका साथ वेलकम एड्भर्टाइजिङ्ले, रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको छ ।

प्रतियोगितामा आयोजक वेलकम एड्भर्टाइजिङ् लगायत, जेसीबि, जगदम्बा स्टिल, सिप्रदी (कमर्सियल भेइकल विजनेश यूनिट) सिप्रदी (प्यासेन्जर भेइकल विजनेश यूनिट) र सिप्रदी म्याक लुब्रीकेन्टको सहभागिता रहेको थियो ।

उक्त खेल पछि भव्य समारोहका बीच प्रमाण पत्र समेत वितरण गरिएको थियो । समारोहमा वेलकम एड्का अध्यक्ष निर्मलराज पौडेलले यस्ता खेलहरुले कुनैपनि कार्यालयका कर्मचारीहरुमा उत्साह र उमंग बढाउन मद्दत गर्नुका साथै उनीहरुको अत्माबल समेत बढाउने जानकारी दिए । आगामी दिनहरुमा पनि कर्पोरेट हाउसलाई ध्यानमा राखेर यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने उनले बताए ।

विश्वकप फुटबल प्रत्येक ४ बर्षमा संसारका विभिन्न देशहरुलाई एकैठाँउमा जुटाएर खेल्ने गरिन्छ । यो खेल अवधीभर संसार भरिनै एउटा पर्वको महसुस हुन्छ । यही पर्वलाई ध्यानमा राखेर वेलकम एड्भर्टाइजिङले नेपालका कर्पोरेट हाउसहरुलाई एकै मैदानमा जुटाएर मित्रता एवम सदभाव आदानप्रदान गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको बताइएको छ ।


क्लिकमान्डु