ढल्केबर सवस्टेशन : चिनियाँ ठेकेदारले अलपत्र पारे, भारतीयले काम सके



काठमाडौं । चिनियाँ ठेकेदार कम्पनीले अलपत्र पारेर छाडेको ढल्केबर सवस्टेशन निर्माणको काम सकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार १६० एमभीए क्षमताको ट्रान्सफर्मर चार्ज गर्ने कार्य सम्पन्न भएको छ ।

नेपाल भारत अन्तरदेशिय प्रसारण लाइनको नेपाल तर्फको सबस्टेशनमा २२०÷१३२ केभी क्षमताको सवस्टशेनको शनिबार साँझ परिक्षण गरिएको र अर्को परिक्षण यतिखेर भइरहेको प्राधिकरणले जनाएको छ ।

सो सवस्टेशनमा १६० एमभीएका दुई वटा ट्रान्सफर्मर रहेको छ ।

चिनियाँ ठेकेदार सिसिपिजिसँगको ठेक्का सम्झौता तोडर एक भारतीय कम्पनीलाई ठेक्का दिइएपछि सो सबस्टेशन निर्माण सम्पन्न भएको छ ।

काम नगर्ने र अनेक बाहाना गरेर काम नगरेको चिनियाँ ठेकेदार सिसिपिजिसँगको ठेक्का प्राधिकरणले २२ सेप्टेम्बर , २०१७ मा तोडेको थियो ।

ठेक्का तोडिएपछि सो सबस्टेसनको काम अन्यौलमा फँसेको थियो। यो ट्रान्सफर्मरलाई अहिले १३२ केभी क्षमतामा चार्ज गरिएको हो र अब उक्त प्रसारण लाइन मार्फत २२० केभीमा थप विद्युत् आयात गर्न सकिनेछ भने भारततर्फ पठाउन पनि सकिनेछ ।

नेपालमा पहिलो पटक बिद्युत प्रसारणकालागि २२० के भि भोल्टेज कायम भएको हो । चिनियाँ ठेकेदारसँग ठेक्का तोडिएपछि उसको बाँकी सम्पूर्ण कार्यमा संलग्न भारतीय ठेकेदार टेल्मस र पावर ट्रान्सफर्मर सप्लाइ र जडानका लागी पहिले नै अलग ठेक्का पाएको कम्पनी एम्कोले काम सम्पन्न गरेको हो ।


क्लिकमान्डु