बढ्दैछ ई–फोहोरको जोखिम, बढी फोहोर उत्पादन गर्ने देश यी हुन्



काठमाण्डौ । विश्वभर वर्सेनि ई–फोहोरको मात्रा बढ्दै गएको छ । सन् २०१६ मा ४.४७ करोड टन ई फोहोर उत्सर्जन भएको थियो । ई–फोहोरको मात्रा सन् २०२१ सम्ममा ५.५२ करोड टन पुग्ने अनुमान गरिएको छ ।

विश्वभर उत्सर्जन हुने ई–फोहोरको २० प्रतिशत मात्रै पुनः प्रयोग गरिन्छ । अहिले वर्सेनि ३.१५ प्रतिशतका दरले ई–फोहोरको मात्रा बढीरहेको छ ।

सन् २०१६ मा उत्पादन भएको ई–फोहोरको मूल्य ६१.५ अर्ब डलर बराबर थियो । यो रकम भने विश्वका धेरै देशको कूल ग्राहस्थ उत्पादन भन्दा अधिक हो ।

ई–फोहोरमा, कम्प्यूटर मनिटर, मदर बोर्ड, क्याथेड रे ट्यूब, सर्किट बोर्ड, मोबाईल फोन, चार्जर, कम्यापट डिस्क, हेडफोन र एलसीडी, एअर कन्डिसनर तथा रेफ्रिजेटर पर्छन् ।

विश्वमा चीन, अमेरिका, जापान र जर्मनी जस्ता देश अत्याधिक ई–फोहोर उत्पादन गर्ने अग्र स्थानमा छन् ।


क्लिकमान्डु