महासंघ भन्छ–बजार अनुगमनलाई मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्छौँ



काठमाण्डौ । नेपाल सरकार\उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय\वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हाल जारी बजार अनुगमनलाई मर्यादित र व्यवस्थित गर्ने, स्वच्छ र पारदर्शी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघले आह्वान गरेको छ ।

यही असार १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा सम्पन्न व्यवसायीहरूसँगको बृहद अन्तरक्रियाबाट गठित समिति, समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि सरोकारवालाहरू समेतसँग छलफल गरिएको छ ।

अनुगमनका विधि, प्रक्रिया र हाल भैरहेको तीन तह र चौध निकायबाट हुने अनुगमनलाई एकिकृत, सरल र न्यूनतम जनशक्ति मार्फत स्वचालितरूपमा बजार ब्यवस्थित हुने अवस्था सृजनाका लागि गम्भीर गृहकार्य गरिरहेको महासंघले जनाएको छ ।

महासंघद्वारा प्रकाशित विज्ञप्तिमा आफ्ना सबै व्यवसायिक सदस्य संघ÷संस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न र यथार्थमुल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आव्हान गर्दछ । भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ–डर, त्रास र भयमुक्त भै स्वच्छ व्यापारका लागि बिना दर्ता, वा बील बिजक जारी नगरी, न्यून मूल्यमा, कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोवार गर्ने÷गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार तथा तीनको परिचय समेत सार्वजनिक गर्न अनुरोध गर्दछ । उत्पादन, थोक तथा खुद्रातह एवं आम उपभोक्ताहरूले आफुले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर÷दिएरमात्र कारोवार गर्न पनि महासंघ सवैमा हार्दिक आग्रह गर्दछ ।

साथै, बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर आदि बारे गरिनु पर्ने सुधार बारे आ–आफ्नो तर्फबाट रचनात्मक सल्लाह सुझाव दिई सहयोग गर्न महासंघ सम्बन्धित सवैमा हार्दिक अपिल गर्दछ–विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु