सिटी एक्सप्रेसको वार्षिकोत्सवमा शैक्षिक सामाग्री हस्तान्तरण



काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

साथै, उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनले नगद ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे । उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीलाई एक हप्ताका लागी रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिइन् ।

उक्त कार्याक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक टण्डन लगायतका सिटी एक्सप्रेस मनी ट्रान्सफरको बजार व्यवस्थापकका टोली साथै बाल सारथीका सल्लाहकार एवम् नेपाल सरकारका पूर्व सचिव आत्माराम पाण्डेको पनि उपस्थिति रहको थियो ।


क्लिकमान्डु