मौद्रिक नीतिको असर सेयर बजारमा देखिएन



काठमाडौं । सेयर बजारमा मौद्रिक नीतिले गरेको मार्जिन कलको असर देखिएको छैन ।

मौद्रिक नीतिले सेयर मुल्य २० प्रतिशतसम्म घट्दापनि मार्जिन कल नहुँने व्यवस्था गरेको थियो ।

धेरैजसो सेयर बजारका लगानीकर्ताले यसको स्वागत गरेका थिए । सेयर बजारमा भने यसको असर देखिएको छैन ।

अहिलेसम्मको कारोबार हेर्दा सेयर बजार घटेको छ । समुहगत परिसूचकहरु अधिकाशंमा रातो छाएको छ ।

कारोबार खुल्नासाथ केही समय बढेको परिसूचक अहिले घटेको छ । अहिलेसम्म परिसूचक १.२६ बिन्दुले घटेको छ ।


क्लिकमान्डु