बालाजु क्षेत्रमा आज पनि दिनभर बिजुली काटिदै, यस्तो छ कारण




काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज पनि बालाजु क्षेत्रमा दिनभर विद्युत आपूर्ति कटौती गरेको छ ।

बालाजु वितरण केन्द्रकाअनुसार बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडकखण्ड विस्तार भइरहेकाले प्राधिकरणको बालाजु वितरण केन्द्रले ९ घन्टा विद्युत् कटौती गर्न लागेको हो ।

सडक विस्तार अवधिभर बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

बालाजु–नागार्जुन फिडरको विद्युत आपूर्ति आज दिनभर बन्द हुनेछ । सो फिडरबाट विद्युत प्रवाह हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण, एकलटारलगायत स्थानको सेवा प्रभावित हुनेछ ।

सडक विस्तारको काम सकिएपछि साँझ ५ बजेबाट आपूर्ति नियमित हुनेछ केन्द्रले जनाएको छ । सो वितरण केन्द्रले पछिल्ला दिनमा धेरै पटक विद्युत् कटौती गर्दै आएको छ ।


क्लिकमान्डु