बैंकहरुलाई विद्युतीय सवारीसाधनमा ऋण दिन राष्ट्र बैंकले गर्यो यस्तो प्रोत्साहन



काठमाडौं । विद्युतबाट सञ्चालित सवारीसाधनमा बैंकले दिने कर्जालाई पनि उत्पादनशिल कर्जामा गणना गरिने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजानिक गर्दै यस्तो ब्यवस्था गरेको हो ।

मौद्रिक नीतिले यस्तो ब्यवस्था गरेसँगै अब विद्युतीय सवारी साधनका लागि प्रवाह गरिने कर्जा पनि सरकारको प्राथमिकतामा परेको छ ।

राष्ट्र बैंकले नविकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनलमा प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना हुने व्यवस्था गरेको हो ।


पुष्प दुलाल