०.५० अंकले घट्यो नेप्से, २८ करोडको कारोबार
काठमाण्डौ । साताको तेश्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ०.५० अंकले घटेको हो । ०.०४ प्रतिशतले घट्दा नेप्से परिसूचक १२०५.९३ बिन्दुमा पुगेको हो ।
शेयर बजारमा आज १ सय ६० कम्पनीले कारोबार गरेका छन् । ८ लाख ७६ हजार ६ सय ११ कित्ता शेयर किनबेच हुँदा २८ करोड ७९ लाख ७४ हजार ४ सय ३१ रुपैंयाँको कारोबार भएको छ ।
नेप्से परिसूचकको ९ ओटा सूचक मध्ये ३ वटा हरियो तथा अन्य रातो देखिएका छन् । बैंक १.४५, वित्तीय ०.०७, बीमा समूह ५.३ अंकले बढेका छन् ।
होटल १.४१, विकास बैंक ०.४७, जलविद्युत २.१५, उत्पादनमूलक ७०.५२, अन्य १.९९ र माईक्रोफाईनान्स ०.५३ अंकले घटेका छन् ।
बरुण जलविद्युतका लगानीकर्ताले ७.४३ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, वेस्ट्रन डेभलेपमेण्ट बैंकका लगानीकर्ताले ९.७६ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।