नेप्से परिसूचक १८ अंकले घट्यो, ४१ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९६ अंकले घटेको छ । परिसूचक १.४७ प्रतिशतले घट्दा १२०६.४३ विन्दुमा पुगेको हो ।

आज १ सय ६७ कम्पनीका १० लाख ९७ हजार ६७ कित्ता सेयर खरिद बिक्री भएको छ ।

समग्र नेप्सेमा ४१ करोड ८ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह १६.४२, होटल समूह २२.३२, बिकास बैंक समूह १८.०६, जलविद्युत समूह २२.१, वित्त समूह ४.५१, बीमा समूह १०३.४२, लधुवित्त समूह २१.८९ र अन्य समूह ५.२६ अंकले घटेका हुन् ।

यस्तै, ट्रेडिङ समूह ०.२५ र उत्पादन मूलक समूह ७.४३ अंकले बढेका छन् ।
आज एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा बढी कारोबार गरेको छ । इन्स्योरेन्सले १४ करोड ४० लाख बढीको टर्नओभर गरेको हो ।

कनकाई विकास बैंकका लगानीकर्ताहरुले ४.६९ प्रतिशतले कमाई गरेका छन् । साइन रसुंगा डेभ्लपमेन्ट बैंकका लगानीकर्ताहरुले ६.६६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु