नेप्सेको जिम्मा अर्थका उपसचिव रमेश अर्याललाई



काठमाडौं । अर्थमन्त्रालयले तत्कालको लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को व्यवस्थापन समाल्नको लागि मन्त्रालयका उपसचिव रमेश अर्याललाई पठाएको छ ।

अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले मन्त्रालयमा कार्यरत उपसचिव रमेश अर्याललाई तत्कालको लागि नेप्सेको व्यवस्थापन समाल्न पठाएको जानकारी दिए ।

अर्यालले नयाँ नियुक्ती नहुँदासम्म नेप्सेमा सिइओको जिम्मेवारी समाल्नेछन् ।

मन्त्रीपरिषद्को बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै नियुक्ती खारेजपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह सावतको समेत पद गएको थियो । उनको स्थानमा अर्याललाई जिम्मेवारी समाल्न पठाउने निर्णय अर्थले गरेको हो ।


क्लिकमान्डु