पाँच वर्ष भो–सडक कालोपत्र अझै सकिएन

काठमाडौँ । पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ ।

पाँचवर्ष अघि गोल्डेन बुट\कञ्चनजंघा\पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु गरेको तीन किमी सडक पूरा हुननसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले सडक छेउमा बस्न नसकिने अवस्था रहेको स्थानीय व्यवसायी रवीन्द्र सुवेदीले गुनासो गरे ।

सडक डिभिजन कार्यालय मीनभवनका सूचना अधिकारी सुशीलराज भण्डारी चुच्चेपाटीबाट महाङ्कालचौरसम्मको सडक कालोपत्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने बताए ।

“विसं २०७० ठेक्का भएको भए पनि मेलम्चीको मूल पाइप बिछ्याउन ढिलार्इ हुँदा सडक कालोपत्र गर्न नसकिएको हो, पाइप नवबछ्याइएको भए पहिल्यै कालोपत्र भइसक्थ्यो”–उनले भने ।

बीचमा डेढ किमी सडक कालोपत्र भए पनि महाङ्कालचौर प्रहरी बिटबाट चुच्चेपाटीसम्मको सडकको अवस्था दयनीय छ ।

काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेड महाङ्कालचौर शाखाको कार्यालय अघि वर्षौंदेखि खाडल बनेर पानी जम्ने गरेको छ । यसले गर्दा सवारी आवागमनमा समस्या हुन्छ । सवारीले पैदल हिँड्ने यात्रुलाई हिलो छ्याप्छ ।

तीन चुलेको नागेश्वर चोकबाट आरुबारीसम्मको सडक पनि कालोपत्र हुन सकेको छैन । यो क्षेत्रमा सीमा विवादले कालोपत्र रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत स्थानीय तहका जनप्रतिनिधिको मध्यस्थतामा विवाद समाधान भएकाले यस क्षेत्रको ४०० मिटर सडक कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । रासस

चौर शाखाको कार्यालय अघि वर्षौंदेखि खाडल बनेर पानी जम्ने गरेको छ । यसले गर्दा सवारी आवागमनमा समस्या हुन्छ । सवारीले पैदल हिँड्ने यात्रुलाई हिलो छ्याप्छ ।

क्लिकमान्डु