संसारभर नै शक्तिशाली नेताहरु भ्रष्टाचार मुद्दामा समातिए, नेपालमा के होला ? (तथ्यसहित)



मलेसियाका पूर्व प्रधानमन्त्री ७५ अर्ब बढीको भ्रष्टाचारको मुद्दामा पक्राउ
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कलाई भ्रष्टाचारको मुद्दामा जेल सजाय
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा पक्राउ
ंबगलादेशमा १० वर्ष प्रधानमन्त्री भएकी नेतृ खालिदा जिया पक्राउ
ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुला दा सिल्भालाई १२ वर्षका लागि कैद सजाय

काठमाडौं । माथिका यी पाँच उदाहरण विश्वका विभिन्न मुलुकमा भएका भ्रष्टाचारसँग जोडिएका विषय हुन ।

संसारभर नै भ्रष्टाचारका कारण नैतिकता गुमेको, राजनीतिक साख गुमेको तथा राजनीतिक नेतृत्व जनता प्रति इमान्दार छैन भन्ने प्रष्ट देखिन्छ ।

केही दिन पहिले मात्रै मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रज्जाक पक्राउ परे । ९२ वर्षिक महाथिर पुनः सत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्ष भन्दा बढी समय बिताएका रज्जाकमाथि धावा बोले ।

पूर्वप्रधानमन्त्री रज्जाकमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

मलेसियाको एक अनुसन्धान निकायले रज्जाकका श्रीमतीका गरगहना, बहुमुल्य सामान र नगद गरी २७ करोड डलर बराबरको सम्पत्ति समेत प्रहरीले जफथ गरेको छ । पूर्व प्रधानमन्त्रीका आफन्त, नातागोता तथा उनको कार्यकालमा सरकारका हर्ताकर्ता बनेका माथि समेत छानबिन सुरु भएको छ ।

रज्जाकका समर्थकले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । तर सरकारले भने राज्यस्रोतको दुरुपयोग गरेको भन्दै कडा कारवाही हुने जनाएको छ । अनुसनधान सुरु भएको छ । उनीमाथिको भ्रष्टाचारको आरोाप पुष्टि होला वा नहोला त्यो त आगामी दिनले नै देखाउँला तर मलेसियाको पछिल्लो घटनाले राजनीतिक नेतृत्व जनताप्रति भन्दा आनै व्यक्तिगत स्वार्थ र शक्तिका लागि जस्तो सुकै हर्कत गर्न पछि पर्दैनन् भन्ने देखाएको छ ।

राजनीतिक प्रणालीमा रहेको छिद्र खोजेर भ्रष्टाचार गर्ने, व्यक्तिगत सुख सयलका लागि खर्च गर्ने, शक्तिको दुरुपयोग गर्ने तथा त्यसैलाई माध्यम बनाएर गैरकानुनी तवरले सत्तम्पत्ति जोडन् प्रवृत्ति राजनीतिक नेतृत्वमा हावी भएको छ ।

सरकारी संयन्त्रको दु?पयोग, राज्यको साधान स्रोतको दुरुपयोग गर्ने , व्यापारिक तथा पारिवारिक स्वार्थमा सरकारी संयन्त्र परिचालन गर्ने प्रवृत्ति पनि पछिल्लो दिनमा हावी भएको घटनाक्रमले पुष्टि गरेको छ ।

विश्व राजनीतिक इतिहासमा हेर्ने हो भने पछिल्ला दिनमा नेपालका छिमेकी तथा सुदूर दूरमा रहेका मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख समेत भ्रष्टाचारको मुद्दामा तानिएका छन् ।

कतिपय मुद्दा राजनीतिक विचार र सिद्धान्तसँग जोडिएका विषय पनि छन् । तर धेरै जसो मुद्दा भने चरम राज्य शक्तिको दु?पयोगले निम्त्याएको चरम लुटको श्रृखलाको रुपमा नै रहेको पाइएको छ ।

वैदेशिक रोजगारीको लागि पछिल्लो दिनमा आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गे उन हाईलाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरियो ।

एक वर्ष अघिको यो घटनाले संसार नै हल्लाइदिएको थियो । पदमा नै रहेका वखत उनीमाथि महाअभियोग लगाइयो र दोषी ठहर गरियो । उनलाई अदालले दोषी ठहर गर्दै २४ वर्षको कैद सजाय सुनाएको छ । हाल ६६ वर्षीय पूर्व राष्ट्रपतिको बाँकी जीवन कारावासमा नै सकिने निश्चित जस्तै देखिएको छ ।

उनीमाथि चरम घुस लिएको, सरकारको गोप्य सूचना बेचेको, आफन्सँग मिलेर भ्रष्टाचार गरेको जस्ता आरोप लागेको छ ।

यस्तै पछिल्लो पटक दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा तानिए । उनलाई पनि शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले पद नै त्याग्नुपर्ने र काराबासमा जानुपर्ने अवस्थाको सिर्जना भयो ।

यस्तै नेपालको नजिकैको छिमेकी देश पाकिसतानमा समेत भ्रष्टाचारको विषयले प्राथमिकता पाउने गरेको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका नवाज सरिफ भ्रष्टाचारको अभियोगमा कारवाहीमा पर्नुपर्यो ।

यस्तै श्रृखला बंगलादेशमा पनि रहेको छ । पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको छ ।

खालिदा ब्रगलादेशमा १० वर्ष प्रधानमन्त्री भएकी थिइन । उनलाई राज्यशक्तिको दु?पयोग गरेको आरोप लागेको छ । बंगलादेशमा राजनीतिक रुपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको र खालिदालाई पनि त्यस्तै गरिएको आलोचकहरुले बताएका छ्न् ।

यस्तै फुटबलको महाशक्तिको रुपमा रहेको ब्राजिलका पूर्व राष्ट्रपति लुला डि सिल्भालाई पनि भ्रष्टाचारको आरोपमा कैद सजाय सुनाइएको छ ।

सो देशको सर्वोच्च अदालतले सिल्भालाई १२ वर्षको कैद सजाय सुनाएको छ ।

यस्तै पेरुमा पनि पूर्व राष्ट्रपति पाब्लोमाथि भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि लागेको आरोपको छानबिन भइरहेको छ ।

यस्तै भारत, पोर्चुगल, रोमानिया, इजरायल, सर्बियालगायतका देशका शीर्ष नेता तथा राजनीतिज्ञ माथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।

कुनै समय शक्तिशाली र लोकप्रिय नेताह? एक पछि अर्को गर्दै भ्रष्टाचारको आरोपमा पक्राउ परिरहेका छन् ।

यसले राजनीतिक इीतहास र विरासतलाई समेत धुलीसात बनाइदिएको मात्रै छैन, विगतका आदर्शका शिखरहरु नराम्ररी समेत ढलीरहेका छन् ।

नेपालको इतिहासमा हेर्ने हो भने पदमा नै रहेको बखत भ्रष्टाचारको आरोपमा जेल गएका भनेका पूर्व सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता मात्रै हुन् । नेपालमा पनि चरम ?पमा भ्रष्टाचार भइरहेको बताइएपनि राजनीतिक नेतृत्व हालसम्म पक्राउ परेका छैनन् ।

खरिदार, सूब्बालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेर भ्रष्टाचार निमूल हुन नसक्ने देखिदा देखिदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले खरदार सुब्बालाई पक्राउ गर्ने, अरुलाई छाडिदिने गरेको जस्तो अवस्था देखिएको छ ।

राजनीतिक तहमा हुने आर्थिक तथा नीतिगत भ्रष्टाचार रोक्ने दायित्व पाएको स्रवैधानिक निकायमा नियुक्त हुने व्यक्तिहरु कुनै न कुनै राजनीतिक दलको सिफारिशमा नियुक्त हुने गरेका कारण पनि नेपालमा भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन ।


पुष्प दुलाल