३६ अंकले बढ्यो नेप्से, ४६ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी रुपमा वृद्धी भएको छ । नेप्से परिसूचक ३६.०१ अंकले बढेको हो । ३.०३ प्रतिशतले बढ्दा नेप्से १,२२४.४१ बिन्दुमा पुगेको छ ।

आज शेयर बजारमा १६८ कम्पनीले कारोबार गरे । १२ लाख १४ सय ३३ कित्ता शेयर किनबेच हुँदा ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपैंयाँको कारोबार भएको छ । लामो अन्तरालपछि सेयर बजारमा यसरी बृद्धी भएको छ ।

नेप्सेमा आज एउटा सूचक रातो देखिएको छ भने अन्य हरियो नै रहेका छन् । बैंक २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत ५२.०२, बित्तीय ८.७८, बीमा समूह ३२२.४३, अन्य ८.४८ तथा माईक्रोफाइनान्स ८५.९ अंकले बढेका छन् । उत्पादनमूलक समूह भने ३७.३४ अंकले घटेको छ ।

यूनाईटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । साथै, राइर्याङ हाईड्रो प्रोजेक्टका लगानीकताले ७.२७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमाण्डू