ग्राहकको रोजाईमा कम्प्याट एसयूभी कार



काठमाडौं । नेपालको अटो बजारमा इन्ट्री लेभलका गाडीसँगै कम्प्याक्ट एसयूभी कारको पनि व्यापार बढ्दो छ । लामो समयदेखि इन्ट्री लेभलको कार चलाउँदै आएकाहरुको रोजाइमा कम्प्याक्ट एसयूभी कार पर्ने गरेको गाडी बिक्रेताहरु बताउँछन् ।

कार पारखीबीच एसयूभी लोकप्रिय बनेको छ । नेपालमा बढी बिक्री हुने कारको सूचिमा कम्प्याक्ट एसयूभीपनि पर्छ । नेपाली बजारमा कार व्यापारको ५० देखि ६० प्रतिशत इन्ट्री लेभलकै बजार हिसा छ । त्यसपछिको रोजाईमा भने कम्प्याट एसयूभी रहेको छ ।

नेपाली बजारमा अहिले ५० लाख रुपैयाँ मुनिका एसयूभी कारले नेपालीको विश्वास जित्न सफल भएका हुन् । नेपालमा एसयूभी कार भित्रिएको धेरै भयो भएपनि अत्याधिक महँगोको कारण केही अगाडिसम्म खासै बिक्री हुने गरको थिएन । धनाढ्यहरु पनि एसयूभी चढ्थे, सेडान र ह्याचब्याक कारको बिक्री उच्च थियो । जब नेपाली बजारमा कम्प्याक्ट एसयूभी भित्रियो ।

तबमात्रै एसयूभीको चर्चा चलको व्यापारीहरु बताउँछन् । नेपालमा अहिले ५० लाख रुपैयाँ मुनिका दर्जनजति भन्दा बढी एसयूभी विभिन्न भेरियन्टका गाडी पाइन्छ । नेपाली बजारमा हुन्डाइ क्रेटा, फोर्ड इकोस्पोर्ट, सुजुकी भिटारा ब्रेजा, रेनल्ट डस्टर र महिन्द्रा टियूभी–३०० बढी लोकप्रिय छन् । यीनको मूल्य न्यूनतम ३२ लाखदेखि ६१ लाख रुपैयाँसम्म रहेको छ ।

औषत आम्दानी भएका एसयूभी पारखीका लागि उपयुक्त छन् । उल्लेखित सबै मोडलहरू उच्च बिक्री हुने कारमा पर्छन् । आकर्षक डिजाइन, बुट स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स, पावरफूल, आधुनिक इन्टेरियरलगायतका विशेषताका कारण एसयूभी लोकप्रिय छ ।

सिटी र अफरोड ड्राइभिङका कम्प्याक्ट एसयूभी उत्तम हुन्छ । नेपालीमा घुम्न जाने संस्कृति हुर्किंदै छ । साथै, आम्दानीमासमेत वृद्धि भएको छ । परिवार लिएर लामो ड्राइभिङमा जान कम्प्याक्ट एसयूभी सहज छ । जसका कारण यस्तो कारको व्यापार बढेको हो ।

त्यसमाथि अटोमा बैंकको सरल फाइनान्सिङ सुविधाले पनि नेपालीको पहुँच बढेको छ । तर, गत एक वर्षदेखि भने अटो लोनका केही कडाइ हुँदा सम्रग सवारीको व्यापारमै कमी आएको छ ।
यसैगरी सुजुकीको कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा भित्रिएको पनि धेरै भएको छैन ।

तर, यसलाई पनि नेपाली ग्राहकले विश्वास गरिसकेका छन् । दुई वर्ष अगाडि मात्रै नेपाली बजारमा प्रवेश भएको हुन्डाइको क्रेटाको क्रेज झन बढ्दो छ ।

यसैगरी नेपाली बजारमा पाइने अर्को फोर्डको इकोस्पोर्ट पनि चर्चामा रहेको कम्प्याक्ट एसयूभी कार हो । सडकभरी कम्प्याक्ट एसयूभी कार देखिन्छन् । बजारमा कप्याक्ट एसयूभीको माग बढिरहेको व्यवसायी बताउँछन् ।

कम्प्याक्ट एसयूभी सिटी र अफरोड दुवै सडकमा उपयुक्त हुन्छ । कम मूल्यका कारण धेरैको पहुँच पनि पुग्यो । ३२ लाख रुपैयाँमै एसयूभी कारको रहर पूरा गर्न सकिन्छ ।

सुविधा सम्पन्न अलह्विल ड्राइभ एसयूभी कार पनि ५५/६० लाखमै चढ्न पाइन्छ । नेपालमा तीन करोडसम्मका एसयूभी कार पाइन्छन् । ३ करोड रुपैयाँका कारमा जडित सेवा सुविधा कम्प्याक्ट एसयूभीमै पाइन थालेको छ ।


पुष्प दुलाल