नेप्से परिसूचक ८ अंकले बढ्यो



काठमाडौं । सेयर बजारमा बुधवार केहीमात्रामा भएपनि हरियाली छाएको छ ।
नेप्से परिसूचक ८.०४ अंकले बढेको छ । ०.६८ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८८.४० बिन्दुमा पुगेको हो ।

बैंकको ब्रोक्रर लाइसेन्स तथा सेयरधितोको कर्जा बढाउने विषय सार्वजनिक भएको तथा लामो समयदेखि बजार घटेको कारण केही मात्रामा भएपनि बुधवार बजार बढेको हो ।

सेयर बजारमा आज १ सय ६९ कम्पनीले कारोबार भएको छ । ८ लाख ३३ हजार ८ सय ९१ कित्ता सेयर किनबेच हुँदा २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचकका नौवटा सूचक नै आज हरियो देखिएका छन् । बैंक ४.९३, होटल २०.८६, विकास बैंक १३.८८, जलविद्युत १९.९८, वित्तीय १.०५, बीमा समूह ६०.८६, उत्पादनमूलक १२.८६, अन्य ४.११ र माईक्रोफाईनान्स १२.७६ अंकले बढेको छन् ।

किसन माईक्रोफाईनान्सका लगानीकर्ताले ६.०२ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै राईर्याङ हाईड्रो प्रोजेक्टका लगानीकर्ताले ९.८३६१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु