नेपाल बैंकको एफपिओलाई जनताद्धारा अस्विकार



काठमाडौं । पुँजी जुटाउनको लागि नेपाल बैंकले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) लाई जनताले अस्विकार गरेका छन् ।

बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्कासन गरेको थियो । निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका अनुसार एफपिओमा मंगलबारसम्ममा ९ हजार ३ सय ६१ जनाले आवेदन दिएका थिए । आवेदकले १० लाख ७ हजार ६३० कित्ता सेयरको लागि आवेदन दिएका थिए ।

बैंकले असार १९ गतेसम्म छिटोमा बिक्री खुल्ला गर्ने भनेकोमा १० प्रतिशतपनि तोकिएको समयमा एफपिओ बिक्री हुन सकेन । जसले गर्दा असार ३० सम्म एफपिओ बिक्री खुल्ला हुने छ ।

सर्वसाधारण र संस्थागत लगानीकर्ताले एफपिओ खरिद नगरेमा प्रत्याभुत कम्पनीले यसको एफपिओ खरिद गर्नुपर्ने हुन्छ । दोस्रो बजारमा नेपाल बैंकको सेयर कारोबार २८५ मा कारोबार भएको छ । यो एफपिओभन्दा ५ रुपैयाँ बढी हो ।


क्लिकमान्डु