एसडीएफ साझेदारी सम्मेलनमा महासंघ अध्यक्ष राणाले नेपालमा लगानी गर्न आग्रह गरिन्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको नयाँ दिल्लीमा आयोजना भैरहेको सार्क विकास कोष(एसडिएफ) को साझेदारी सम्मेलनमा नेपालमा लगानी गर्न सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् ।

सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क सचिवालय, सार्क उद्योग वाणिज्य संघको सहभागिता रहेको उक्त सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षक अन्तरगत गरिवी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सह–वित्तियकरणका लागि सम्भावित परियोजनाहरूको पहिचान विषयक विशेष सत्रलाई संबोधन गर्नुहु“दै अध्यक्ष राणाले सो आग्रह गरेकी हुन् ।

आइफाडका एशिया प्रशान्त क्षेत्रीय अर्थशास्त्री फेब्रिजीओ ब्रेससिआनीको अध्यक्षतामा आयोजित उक्त सत्रमा नेपालको निजी क्षेत्रको धारणा राख्नुहु“दै अध्यक्ष राणाले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएका छन् । दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू (एसएमई)को निकै ठूलो योगदान रहेकाले एसएमइजहरूलाई पछिल्लो प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने अध्यक्ष राणाको सुझाव थियो ।

अध्यक्ष राणाले नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराए ।

उक्त सम्मेलनमा सह–वित्तियकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम(एसएमइज), कृषि, क्षेत्रीय प्रयोगशाला, उर्जा लगायतका सम्भावित क्षेत्रमा परियोजनाहरू प्रस्ताव गरे ।

अध्यक्ष राणास“गै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले भाग लिएका छन् । आजै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले सार्क उवासंघ(नेपाल)को तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।


क्लिकमान्डु