रिडि हाइड्रोले सोलार बनाउन हकप्रद सेयर जारी गर्ने



काठमाडौं । रिडी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको अहिले चुक्ता पुँजी ५० करोड रहेको छ । कम्पनीले निकट भविष्यमा निमार्ण गर्न लागेको ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाको लागि हकप्रद जारी गर्न लागेको हो ।


क्लिकमान्डु